रोमी 8:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 यसरी नै पवित्र आत्माले हामीलाई हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ। हामीले कसरी प्रार्थना गर्नुपर्ने हो, सो हामी जान्दैनौँ, तर पवित्र आत्मा आफैँले हाम्रा निम्ति शब्दले व्यक्त गर्न नसकिने सुस्केरामा अन्तर्बिन्ती गरिदिनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 त्यसै गरी पवित्र आत्माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ। कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौं, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रा निम्ति मध्यस्थता गर्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 पवित्र आत्माले हामीलाई कमजोरी अवस्थामा सहायता गर्नुहुन्छ। कसरी प्रार्थना गर्नुपर्ने हो, हामीलाई थाहा नहुँदा पवित्र आत्मा आफैंले शब्दले भ्याउनै नसक्ने गहिरो सुस्केरामा हाम्रो लागि प्रार्थना गरिदिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल26 आत्माले नै हामीलाई हाम्रो कमजोरीमा सहायता गर्नुहुन्छ। हामीले कसरी प्रार्थना गर्नु पर्ने हो! जान्दैनौ। तर आत्माले गंभीर भावले परमेश्वरसँग हाम्रो पक्षमा प्रार्थना गरिदिनुहुनेछ जुन शब्दहरूमा वर्णन गर्न सकिँदैन। Viz kapitola |