रोमी 6:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तसर्थ बप्तिस्माद्वारा उहाँसँगै एक हुनका लागि मृत्यु भएको कारण हामी उहाँसँगै गाडियौँ। जसरी ख्रीष्ट मृत्युबाट पिताको महिमाद्वारा पुनर्जीवित पारिनुभयो, त्यसरी नै हामी पनि नयाँ जीवन जिऔँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 यसकारण बप्तिस्माद्वारा हामी मृत्युमा उहाँसँगै गाडियौं, ताकि जसरी पिताको महिमाद्वारा ख्रीष्ट मरेकाहरूबाट जीवित पारिनुभयो, त्यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँड़ौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 हामी पनि उहाँसँगै बप्तिस्माद्वारा मरेर गाडियौं। शक्तिशाली परमेश्वर पिताले आफ्नो महिमाद्वारा येशू ख्रीष्टलाई मरेकोबाट बिउँताउनुभयो। त्यसो हुँदा हामी पनि पुरानो जीवन छोडेर नयाँ जीवनमा ख्रीष्टजस्तै जिउनेछौं। Viz kapitolaपवित्र बाइबल4 यसैकारण जब हामी बप्तिस्मा भयौं, हामी ख्रीष्ट सँगै गाडियौं र उहाँको मृत्युमा भागीदार बन्यौं। हामी ख्रीष्टसँगै दफन भयौं ताकि हामी जोगीन सकौं अनि नयाँ जीवन जीउन सकौं। यस्तै प्रकारले, पिताको अचम्मको शक्तिले ख्रीष्ट मृत्युबाट जीवित हुनुभयो। Viz kapitola |