रोमी 6:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 म तिमीहरूलाई तिमीहरूका मानवीय कमजोरीका कारण मानवीय दृष्टिकोणबाट यो भन्दैछु। जसरी तिमीहरूले आफ्ना शरीरका अङ्गहरूलाई अशुद्धता र सधैँ बढिरहने दुष्टताको निम्ति सेवक हुनलाई समर्पण गरेका थियौ, त्यसरी नै अहिले आफ्ना अङ्गहरूलाई पवित्रताको लागि धार्मिकताका सेवक हुनलाई समर्पण गरिदेओ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तिमीहरूमा रहेको मानवीय कमजोरीको कारणले म तिमीहरूले बुझ्न सकिने भाषामा बोलिरहेको छु। किनकि जसरी तिमीहरूले एक पल्ट आफ्ना अङ्गहरूलाई अशुद्धता र झन्-झन् बढ़ी अपराधका निम्ति समर्पण गर्यौ, अब त्यसरी नै पवित्रकरणको निम्ति आफ्ना अङ्गहरूलाई धार्मिकताको निम्ति समर्पण गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तिमीहरूको शारीरिक स्वभावको कमजोरीले गर्दा म मानिसहरूले बुझ्ने गरी मालिक र कमाराको नमुना लिएर भन्दै छु। एक पल्ट खराब इच्छा लिएर ठूलो पाप र दुष्ट काम गर्न तिमीहरूले आफ्नो जीवन कमाराले झैँ सुम्पियौ। अब पवित्र हुन तिमीहरूको जीवन परमेश्वरको लागि असल काम गर्ने कमाराले झैँ सुम्पिदेओ। Viz kapitolaपवित्र बाइबल19 म यसको व्याख्या उदाहरण दिएर व्याख्या गरिरहेछु किनभने तिमीहरूलाई बुझ्न गाह्रो हुन्छ। विगतमा, तिमीहरूले पापको निम्ति आफ्ना शरीरका अंगहरू अर्पण गर्यौ र पापकै दास भयौ। तिमीहरू दुष्ट कुराहरूको लागि मात्र बाँच्यौ। त्यस्तै प्रकारले, तिमीहरूले धार्मिकताको लागि शरीरका अंगहरू समर्पण गर। त्यसपछि मात्र तिमीहरू परमेश्वरको निम्ति बाँच्नेछौ। Viz kapitola |