रोमी 5:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 तर परमेश्वरको वरदान अपराध जस्तो होइन; किनकि यदि एउटै मानिस आदमको अपराधको कारणले धेरै जना मरे भने त्योभन्दा कति धेरै परमेश्वरको अनुग्रह तथा एक जना मानिसको, अर्थात् येशू ख्रीष्टको अनुग्रहको वरदान धेरैका लागि प्रशस्त भयो! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 सित्तैँको वरदान र त्यस अपराधमा केही समानता छैन। किनकि एक जना मानिसको अपराधले गर्दा धेरै मरे भनेता झन् बढ़ी परमेश्वरको अनुग्रह र एक जना मानिसको, अर्थात् येशू ख्रीष्टद्वारा आएको सित्तैँको वरदान धेरैका निम्ति प्रशस्त भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तर परमेश्वरको सित्तैंको दान र आदमको पापमा कति भिन्नता? यो ठीक हो। धेरै मानिस एकै जनाको पापको कारणले मरे; तर पछि आउनुभएका ख्रीष्टले त झन् परमेश्वरको अनुग्रहले धेरैधेरै मानिसहरूलाई सित्तैमा मुक्ति दिनुभयो। Viz kapitolaपवित्र बाइबल15 तर परमेश्वरको सितैको वरदान आदमको पाप जस्तो होइन। धेरै जना त्यस एकजना मानिसको पापको कारणले गर्दा मरे। तर परमेश्वरको अनुग्रह अत्यन्त महान थियो। धेरै मानिसहरूले परमेश्वरबाट जीवन-दान पाए त्यो एउटै मानिस येशू ख्रीष्टको अनुग्रहद्वारा पाइएको हो। Viz kapitola |