रोमी 12:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 यदि उत्साह दिने हो भने त्यसले उत्साह दिइरहोस्; यदि दान दिने वरदान हो भने उदारतासाथ देओस्; यदि अगुवाइ गर्ने वरदान हो भने परिश्रमसाथ अगुवाइ गरोस्; यदि कृपा देखाउने हो भने प्रसन्नतासाथ कृपा देखाओस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 अर्ती दिनेले अर्ती दिने काममा, दान दिनेले उदारचित्तले, शासन गर्नेले दत्तचित्तसाथ, कृपाको काम गर्नेले खुशीसित। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 ठीक बाटोमा हिंड्न सल्लाह दिन सक्नेले सल्लाह देओस्। खाँचोमा परेकालाई दिनेले खुल्ला मनले देओस्। काम मिलाउनेले सक्दो चाँडै मिलाइहालोस् र दया देखाउनेले खुसीसाथ दया देखाओस्। Viz kapitolaपवित्र बाइबल8 यदि कसैसँग उत्साहको वरदान छ भने उसले अरू मानिसलाई उत्साह दिनुपर्छ। यदि कसैसँग अरूलाई सहयोग गर्ने वरदान छ भने उसले उदारतापूर्वक सहयोग गर्नुपर्छ। यदि कसैसँग नेतृत्व गर्ने वरदान छ भने उसले प्रवीणतापूर्वक नेतृत्व दिनुपर्छ। यदि कसैसँग दया देखाउने वरदान छ भने उसले खुशीको साथमा अरूलाई दया देखाउनु पर्छ। Viz kapitola |