रोमी 11:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू यो रहस्यमय सत्य कुरामा अनजान रहो भन्ने म चाहन्नँ, ताकि आफ्नै अभिमानमा तिमीहरू बुद्धिमान् नहोओ: इस्राएलका केही मानिसहरूको हृदय कठोर छ, तर यो गैरयहूदीहरूको पूरा संख्या ख्रीष्टमा नआउन्जेलसम्म मात्र हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 भाइ हो, आफ्नै अभिमानमा तिमीहरू बुद्धिमान् हुन खोज्छौ कि भनेर तिमीहरू यो रहस्य बुझ भन्ने म चाहन्छु, कि अन्यजातिहरूको संख्या पूर्ण नभएसम्म इस्राएलीहरूको एक अंशमा कठोरता आएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 दाजुभाइहरू हो, एउटा रहस्य तिमीहरूलाई थाहा होस् भन्ने म चाहन्छु। त्यो तिमीहरूलाई थाहा भयो भने तिमीहरूले आफ्नै लागि घमण्ड गर्नेछैनौ। यो रहस्य यस्तो छ, आउनुपर्ने जति अन्यजातिहरू ख्रीष्टमा नआउञ्जेल मात्र इस्राएलीहरूको हृदय कठोर हुनेछ। Viz kapitolaपवित्र बाइबल25 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, म तिमीहरूलाई यो गुप्त कुरा बताउन चाहन्छु। यसले तिमीहरूलाई नबुझेका सबै कुराहरू बुझ्नमा सहयोग गर्नेछ। सत्य यो होः इस्राएलको एउटा भाग हठी भयो। तर त्यो परिवर्तन हुन सक्नेछ जब प्रशस्त अ-यहूदीहरू परमेश्वरकहाँ आउँदछन्। Viz kapitola |