रोमी 1:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 परमेश्वर, जसको सेवा म उहाँका पुत्रको सुसमाचार प्रचारमा सम्पूर्ण हृदयले गर्दछु, उहाँ नै मेरो साक्षी हुनुहुन्छ कि कसरी म सधैँ मेरा प्रार्थनामा तिमीहरूलाई याद गर्दछु Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 म सम्पूर्ण हृदयले उहाँका पुत्रको सुसमाचार प्रचारमा उहाँको सेवा गर्दछु, र परमेश्वर मेरो साक्षी हुनुहुन्छ कि कसरी म निरन्तर मेरा प्रार्थनामा तिमीहरूलाई याद गर्दछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 उहाँकै पुत्रको सुसमाचार सुनाएर म हृदयदेखि नै उहाँको सेवा गर्दछु। मैले तिमीहरूलाई माया मारेको छैनँ तर सधैँ तिमीहरूका लागि प्रार्थना गरिरहेको छु। मैले भनेको कुरा साँचो हो भनेर परमेश्वर आफैंले गवाही दिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल9-10 प्रत्येक समयमा म प्रार्थना गर्दछु र सधैँ सम्झना गर्दछु। प्रभुलाई यो सत्य हो भन्ने थाहा छ। परमेश्वर एक हुनुहुन्छ जसको सेवा म आफ्नो आत्मामा उहाँकै पुत्रको सुसमाचारको प्रचारद्वारा गर्छु। म प्रार्थना गर्छु कि मलाई तिमीहरूलाई भेट्ने अनुमति दिईयोस्। परमेश्वरले चाहनु भयो भने मात्र यी सबै हुनेछन्। Viz kapitola |