Online Bible

- Reklamy -




प्रकाश 9:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 ती रूढीहरूले नमरेका बाँकी मानिस जातिले तिनीहरूका हातले गरेका दुष्‍ट कामहरूबाट अझ पनि पश्‍चात्ताप गरेनन्; तिनीहरूले देख्न नसक्ने, सुन्‍न नसक्ने र हिँड्न नसक्ने, भूतप्रेतहरू र सुन, चाँदी, काँसा, ढुङ्गा र काठका मूर्तिहरू पुज्न छाडेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 यी विपत्तिद्वारा नमारिएका बाँकी मानिसहरूले आफ्‍ना हातका कामबाट अझ पनि पश्‍चात्ताप गरेनन्‌। तिनीहरूले भूतहरूलाई र देख्‍न नसक्‍ने, सुन्‍न नसक्‍ने र हिँड्‌न नसक्‍ने सुन, चाँदी, काँसा, ढुङ्गा र काठका मूर्तिहरूलाई पुज्‍न छोड़ेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 यी महामारीबाट बाँच्‍नेहरूले आफैंले बनाएका कुरादेखि मन फर्काएनन्। तिनीहरूले भूतात्‍माहरूलाई र सुन, चाँदी, पित्तल, ढुङ्गा र काठका मूर्ति जसले देख्‍न, सुन्‍न र चल्‍न सक्‍दैनन्, तिनीहरूलाई पुज्‍न छोडेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 पृथ्वीका अन्य मानिसहरू बिषालु पदार्थले मारिएनन्। तर यी मानिसहरूले आफ्नो हृदय अनि जीवन परिवर्तन गरेनन् अनि तिनीहरूले आफ्नै हातले निर्माण गरेका कुराहरूबाट तिनीहरूले मुख फर्काएनन्। तिनीहरूले दानवहरू अनि सुन, चाँदी, काँसा, पत्थर अनि काठमूर्तिलाई जो देख्न वा सुन्न वा हिँड्न सक्तैनन्, पूजा गर्न छाडेनन्।

Viz kapitola kopírovat




प्रकाश 9:20

Následuj nás:

Reklamy


Reklamy