प्रकाश 8:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 जसरी मैले ध्यानसित हेरिरहेको थिएँ, आकाशको बीचमा उडिरहेको एउटा गरुडले चर्को सोरमा यसो भनिरहेको सुनेँ: “अरू तीन स्वर्गदूतहरूले फुक्न लागेका तुरहीका आवाजहरूको कारण पृथ्वीवासीहरूलाई आतङ्क! आतङ्क! आतङ्क!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 मैले हेरें, र मध्य आकाशमा उड़िरहेको एउटा गरुड यसो भन्दै चर्को सोरले कराएको सुनें, “फुक्न बाँकी रहेका तीन स्वर्गदूतका अरू तुरहीका आवाजको कारणले पृथ्वीमा वास गर्नेहरूलाई धिक्कार! धिक्कार! धिक्कार!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 त्यसपछि मैले हेरें र आकाशमा उडिरहेको एउटा ठूलो गरुडले यसो भनेको मैले सुनें, “हाय! कस्तो डरको कुरा! किनभने बाँकी रहेका तीन स्वर्गदूतले आफ्ना-आफ्ना तुरही फुकेको आवाज निस्कँदा पृथ्वीमा मानिसहरूलाई कस्तो विपद् आइपर्ने हो?” Viz kapitolaपवित्र बाइबल13 जब म हेर्दै थिँए मैले माथि आकाशमा गरुड उडिरहेको आवाज सुनें। त्यो गरुडले ठूलो स्वरमा भन्यो, “कष्ट, कष्ट, मानिसहरूलाई जो पृथ्वीमा बस्छन्, तिनीहरूलाई कष्ट, कष्ट होस्। त्यो कष्ट बाँकी रहेका अन्य तीन स्वर्गदूतहरूले तुरही बजाएको आवाज सुने पछि शुरु हुनेछ।” Viz kapitola |