प्रकाश 6:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनीहरूले जोडसित यसो भने, “हे सार्वभौम, पवित्र र सत्य प्रभु, तपाईंले कहिलेसम्म संसारका बासिन्दाहरूमाथि न्याय गरेर हाम्रा रगतको बदला लिनुहुन्न र?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 अनि तिनीहरूले यसो भनेर चर्को सोरले कराए, “हे सर्वशक्तिमान् पवित्र र सत्य प्रभु, अझै कहिलेसम्म तपाईंले पृथ्वीमा रहनेहरूको इन्साफ गर्नुहुन्न र हाम्रो रगतको बदला लिनुहुन्न?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 उनीहरूले यसो भनेर ठूलो सोरले कराए, “हे पवित्र, सत्य, सर्वशक्तिमान् परमप्रभु! हामीलाई मारेको कारण पृथ्वीका मानिसहरूलाई कहिले न्याय गरी उचित दण्ड दिनुहुनेछ?” Viz kapitolaपवित्र बाइबल10 यी आत्माहरूले ठूलो स्वरमा कराए, “पवित्र अनि सत्य परमप्रभु, हाम्रो हत्या गरेकोमा पृथ्वीका मानिसहरूको न्याय गर्नमा अनि उनीहरूलाई दण्ड दिनमा कति लामो समय र्पखिरहनु हुन्छ?” Viz kapitola |