प्रकाश 2:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 तैपनि तिम्रो विरुद्धमा मेरो यो गुनासो छ: तिमीले त्यस स्त्री ईजेबेललाई सहन्छौ, जसले आफूलाई अगमवादिनी हुँ भनी भन्दछे। आफ्ना शिक्षाहरूद्वारा त्यसले मेरा सेवकहरूलाई व्यभिचार गर्न र मूर्तिहरूलाई चढाएका भोजनहरू खान भनी गलत मार्गतिर डोर्याउँछे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तर तिम्रो विरुद्धमा मैले यो भन्नु छ: तिमी ईजेबेल भन्ने स्त्रीलाई सहन गर्छौ। त्यसले आफैलाई अगमवादिनी भन्छे, र मेरा सेवकहरूलाई व्यभिचार गर्न र मूर्तिहरूलाई चढ़ाइएको भोजन खान सिकाउँछे, र यसरी तिनीहरूलाई बहकाउँछे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तर तिम्रो विरोधमा मैले एउटा कुरा भन्नु नै पर्छ, त्यो ईजेबेल भन्ने स्त्रीलाई तिमीहरूले ठाउँ दिन्छौ। त्यसले म अगमवादिनी हुँ भन्छे र आफ्नो शिक्षाले मेरो सेवा गर्ने मानिसहरूलाई भर्माएर व्यभिचार गर्न र मूर्तिलाई चढाइएका कुरा खान सिकाउँछे। Viz kapitolaपवित्र बाइबल20 तर तिमीहरू विरुद्ध मसँग यो कुरा छ तिमीहरूले जिजेबेल नाउँकी स्त्रीलाई उसले चाहेको कुरा गर्न दियौ। उसले दावी गर्छे की ऊ एक अगमवक्ता हो। तर उसले मेरा मानिसहरूलाई आफ्ना शिक्षाद्वार टाढा लगिरहेकी छे। जिजेबेलले मेरा मानिसहरूलाई यौन पाप गर्न अनि मूर्तिहरू अघि अर्पण गरेको खाद्य पदार्थ खान अग्रसर पारिरहेकी छे। Viz kapitola |