प्रकाश 19:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब सिंहासनबाट यसो भनिरहेको एउटा आवाज आयो: “हे उहाँका सबै सेवकहरू हो, तिमीहरू जो उहाँसित डराउँछौ, अर्थात् साना र ठूलाहरू दुवै, हाम्रा परमेश्वरलाई प्रशंसा गर।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तब सिंहासनबाट यसो भनिरहेको एउटा आवाज आयो, “हाम्रा परमेश्वरको प्रशंसा गर, उहाँका सबै दास हो, तिमीहरू साना र ठूला जसले उहाँको भय मान्दछौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 सिंहासनबाट एउटा ठूलो सोरमा यसो भनेको सुनियो, “परमेश्वरका सेवक हो, उहाँलाई मान्नेहरू, साना-ठूला सबैले उहाँको जयजयकार गर।” Viz kapitolaपवित्र बाइबल5 त्यापछि सिंहासनबाट एउटा आवाज आयो। आवाजले भन्यो, “तिमी सबै मानिसहरू जो उहाँको सेवा गर्छौं, हाम्रा परमेश्वरको स्तुति गर! तिमीहरू सबै साना-ठूला मानिसहरू जसले उहाँको सम्मान गर्छो, हाम्रा परमेश्वरको स्तुति गर!” Viz kapitola |