प्रकाश 18:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनले ठूलो सोरमा यसो भनेर कराए: “ ‘पतन भयो! महान् सहर बेबिलोनको पतन भयो!’ त्यो भूतहरूको घर भएको छ; अनि प्रत्येक अशुद्ध आत्माको अड्डा, प्रत्येक अशुद्ध चराको अड्डा भएको छ। प्रत्येक अशुद्ध तथा घृणित जन्तुहरूको लुक्ने ठाउँ भएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तिनले यसो भनेर शक्तिशाली सोरले कराए: “महानगरी बेबिलोनको पतन भयो, यो महानगरी भूतहरूको वासस्थान, हरेक अशुद्ध आत्मा, र हरेक अशुद्ध तथा घृणित पक्षीको अखड़ा भएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 उनले जोडले यसो भनेर कराए, “ध्वंश भयो! त्यो ठूलो बेबिलोन ध्वंश भयो! अब शैतानका भूतहरू र अशुद्ध आत्माहरू र अनेक घिनलाग्दा र फोहोरी पक्षी त्यहाँ बस्छन् Viz kapitolaपवित्र बाइबल2 त्यो स्वर्गदूत जोडले करायो, “उसको संहार भयो! बेबिलोन महानगर संहार भयो! ऊ अशुद्ध आत्माको बासस्थान बनियो। ऊ हरेक दुषित आत्मा बस्ने स्थान बनियो। ऊ सबै किसिमका अस्वच्छ पंक्षीहरू बस्ने नगर बनियो। ऊ हरेक अस्वच्छ औ घृणित पशुहरूको नगर बनियो। Viz kapitola |