प्रकाश 18:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 सुन, चाँदी, बहुमूल्य पत्थर र मोतीहरू, मसिनो मलमलको कपडा; बैजनी, रेशम र चहकिलो रातो रङ्गका कपडाहरू, हरेक किसिमका सुगन्धित काठ, र हरेक किसिमका हस्तीदन्तका सामग्रीहरू, बहुमूल्य काठ, काँसा, फलाम र संगमरमरका सामग्रीहरू, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 अर्थात् सुन, चाँदी, रत्न, मोती र मलमलका कपड़ाहरू, बैजनी कपड़ा, रेशम र चहकिलो रातो रङ्गका कपड़ाहरू, र सबै किसिमका सुगन्धित काठ, हरेक किसिमका हस्ति-हाड़का सामग्रीहरू, र हरेक बहुमूल्य काठका, काँसा, फलाम र सिङ्गमरमरका पात्रहरू, Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 कसैले पनि तिनीहरूका सुन, चाँदी, रत्न, मोती, असल सुती कपडाका वस्तुहरू, बैजनी कपडा, रेशम, सिँदुरे रङ्गका कपडा, अनेक थरीका बिरलै पाइने काठ अनि सबै थरीका हात्तीका दाँतबाट बनेका वस्तुहरू, दामी काठ, काँसाका वस्तुहरू, फलाम र सिङ्गमरमर किन्नेछैनन्। Viz kapitolaपवित्र बाइबल12 तिनीहरू सुन, चाँदी, रत्न, मोती, मलमल वस्त्र, बैजनी बस्त्र, रेशम र रातो बस्त्र, सबै किसिमका सुगन्धित काठ, हात्तीको दाँत, बहुमूल्य काठ, काँसा, फलाम अनि सिङ्गमरमरले बनिएको सबै प्रकारका चीजहरू बेच्छन्। Viz kapitola |