प्रकाश 15:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यस मन्दिरबाट सात स्वर्गदूतहरू सात विपत्तिहरू लिएर बाहिर आए। तिनीहरूले सफा र चम्किलो मलमलको वस्त्र पहिरेका थिए, र छातीमा सुनका पेटी बाँधेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 स्वच्छ र उज्ज्वल वस्त्र धारण गरेका र छातीमा सुनौलो फित्ता बाँधेका सात स्वर्गदूतहरू सात विपत्ति लिएर मन्दिरबाट बाहिर निस्के। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 सातै विपत्ति बोकेका सात स्वर्गदूत त्यसैबाट निस्के। तिनीहरूले सफा र चम्कने लुगा लगाएका थिए र आफ्नो छातीमा सुनका फित्ता बाँधेका थिए। Viz kapitolaपवित्र बाइबल6 अनि सात विपत्तीहरू ल्याउने स्वर्गदूतहरू मन्दिर बाहिर आए। तिनीहरूले सफा चम्किलो मलमलको लुगा लगाएका थिए। तिनीहरूले आफ्नो छाती सुनौंला पट्टीले बाँधेका थिए। Viz kapitola |