प्रकाश 14:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 तब मैले स्वर्गबाट आएको एउटा आवाजले यसो भनिरहेको सुनेँ, “यो लेख: अब उसो प्रभुमा मर्नेहरू धन्यका हुन्।” आत्मा भन्नुहुन्छ, “हो, तिनीहरूले परिश्रमबाट विश्राम पाउनेछन्; किनकि तिनीहरूका काम तिनीहरूका साथ लाग्नेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 अनि स्वर्गबाट आएको यस्तो आवाज मैले सुनें, “यो लेख: अब उप्रान्त प्रभुमा मर्नेहरू धन्यका हुन्।” आत्मा भन्नुहुन्छ, “हो, तिनीहरूले आ-आफ्ना परिश्रमबाट आराम पाउनेछन्, किनकि तिनीहरूका काम तिनीहरूका पछि लाग्नेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 यसपछि स्वर्गबाट यसो भनिरहेको एउटा सोर मैले सुनें, “यो कुरा लेख: अबदेखि जतिले विश्वास गरी प्रभुको सेवामा मर्छन्, उनीहरू धन्यका हुन्।” पवित्र आत्माले यसो भनेर जवाफ दिनुभयो। “साँच्चै हो! किनभने अबदेखि उनीहरूले आफ्ना दु:ख र परिश्रमबाट आराम पाउनेछन् र उनीहरूका काम उनीहरूका साथ लाग्नेछन्।” Viz kapitolaपवित्र बाइबल13 तब, मैले स्वर्गबाट यस्तो भन्दै गरेको आवाज सुने, “यसलाई लेख परमप्रभुमा जो मरे तिनीहरू धन्य हुन्।” आत्माले भन्छ, “हो, त्यो सत्य हो। ती मानिसहरू तिनीहरूका कठिन परिश्रमदेखि विश्राम गर्नेछन् किनभने तिनीहरूले गरेका कुराहरू तिनीहरूसितै रहनेछन्।” Viz kapitola |