प्रकाश 11:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 तब स्वर्गमा भएको परमेश्वरको मन्दिर खोलियो; अनि त्यस मन्दिरभित्र करारको सन्दुक देखियो। अनि त्यहाँ बिजुलीका चमकहरू, मेघ गर्जन र गडगडाहटका आवाजहरू आए, र भुइँचालो गयो र ठूला-ठूला असिनाहरू परे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 स्वर्गमा परमेश्वरको मन्दिर खोलियो, र उहाँको मन्दिरभित्र उहाँका करारको सन्दूक देखियो। बिजुलीका चमक देखिए। आवाज र मेघ गर्जनहरू सुनिए। भूकम्प गए र ठूला-ठूला असिना परे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तब स्वर्गमा भएको परमेश्वरको पवित्र मन्दिर खोलियो र यहाँ वाचाको सन्दुक देखियो। त्यसपछि बिजुली चम्क्यो। डरलाग्दा आवाजहरू र गड्याङ्-गुडुङ सुनियो, भूइँचालो गयो र ठूला-ठूला असिनाहरू परे। Viz kapitolaपवित्र बाइबल19 त्यसपछि स्वर्गमा परमेश्वरको मन्दिर खोलियो। त्यो पवित्र सन्दूक जसमा परमेश्वरले उनका मानिसहरूलाई दिएको करार थियो, उनको मन्दिरमा देख्न सकिन्थ्यो। तब त्यहाँ बिजुली चम्क्यो, हल्ला भयो, गर्जन भयो, भूँईचालो आयो अनि धेरै असीना पर्यो। Viz kapitola |