प्रकाश 10:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 अनि तिनले उहाँको नाममा शपथ खाए, जो सदासर्वदा जिउनुहुन्छ, जसले स्वर्ग र त्यसमा भएका सबै थोक, जमिन र त्यसमा भएका सबै थोक र समुद्र, त्यसमा भएका सबै थोक सृजनुभयो र भन्नुभयो, “अब ढिलो हुनेछैन! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 अनि सदासर्वदा जीवित रहनुहुने, तथा स्वर्ग र त्यसमा भएका कुराहरू, पृथ्वी र त्यसमा भएका कुराहरू, समुद्र र त्यसमा भएका कुराहरूलाई सृष्टि गर्नुहुनेको नाउँमा तिनले शपथ खाएर अब ढिलो हुनेछैन भने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 परमेश्वरको नाउँमा एउटा वाचा बाँधे। सधैँ जिउँदो हुनुहुने, आकाश, पृथ्वी, समुद्र र तिनीहरूमा भएका सबै कुरालाई सृष्टि गर्नुहुने परमेश्वरको नाउँमा यो वाचा बाँधिएको थियो। स्वर्गदूतले भने, “अब ढीलो हुँदैन।” Viz kapitolaपवित्र बाइबल6 त्यो स्वर्गदूतले, उहाँ एक जो सदासर्वदा रहनु हुन्छ, उहाँको शक्तिद्वारा प्रतिज्ञा गर्यो। उहाँ नै एक हुनुहुन्छ जसले आकाश अनि त्यसमा देखिएका सबै कुरा सृष्टि गर्नुभयो। उहाँले पृथ्वी अनि यसमा भएका सबै कुरा सृष्टि गर्नु भयो अनि उहाँले समुद्र अनि त्यसमा देखिएका सबै सृष्टि गर्नुभयो। त्यो स्वर्गदूतले भन्यो, “अब अधिक प्रतिक्षा हुने छैन। Viz kapitola |