भजनसंग्रह 6:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 मेरो पीडाले गर्दा म थाकिसकेको छु। रातभरि मेरो आँसुको बाढीले ओछ्यान तैरिन्छ। र मेरो आँसुले सिरानी डुबाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 आफ्नो आर्तनादले थाकेर म लाचार भएको छु, हरेक रात म रोएर मेरो ओछ्यान भिजाउँछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 म अफसोसले गलिसकें, प्रत्येक रात मेरो ओछ्यान मेरो आँसुले भिज्दछ, आँसुले मेरो सिरानी भिजेको छ। Viz kapitolaपवित्र बाइबल6 हे परमप्रभु, रातभरि मैले तपाईंलाई प्रार्थना गरिरहें। मेरो आँसुले ओछ्यान छ्याप्पै भिजेको छ। आँसु मेरो ओछ्यानबाट तप-तप तप्किरहेछ। म तपाईंको लागि कराएर, चिच्याएर थाकिसकें। Viz kapitola |