भजनसंग्रह 27:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 याहवेहसँग म एउटै कुरा माग्दछु, म त्यसैको मात्र खोजी गर्दछु: कि म आजीवन याहवेहको भवनमा रहन पाऊँ, उहाँको सुन्दरता हेर्न पाऊँ, र याहवेहको भवनमा उहाँलाई खोजी गर्न पाऊँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 एउटै कुरा म परमप्रभुसँग माग्दछु, मैले खोजेको यही हो, कि जीवनभरि म परमप्रभुको भवनमा रहन पाऊँ, र उहाँको सुन्दरतालाई हेरिरहन पाऊँ, र उहाँको मन्दिरमा उहाँलाई खोज्न सकूँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 मैले परमप्रभुसित एउटा कुरा मागेको छु, एउटै कुरा मात्र म चाहन्छु कि जीवनभरि म परमप्रभुको घरमा बस्न पाऊँ र त्यहाँ उहाँको भलाइको सुन्दरतामा मग्न रहन पाऊँ र उहाँको अगुवाइको लागि बिन्ती गर्न पाऊँ। Viz kapitolaपवित्र बाइबल4 परमप्रभुबाट म एउटै मात्र कुरा जान्न चाहन्छुः “जीवनभर म उहाँको मन्दिरमा बस्न सकूँ, परमपरभुले दिने खुशी अनुभव गर्नुसकूँ अनि मन्दिरमा परिदर्शन गर्न सकुँ।” Viz kapitola |