भजनसंग्रह 131:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे याहवेह, मेरो हृदय घमण्डी छैन, मेरा आँखाहरू हठी छैनन्; म ठूला-ठूला कुराहरू अथवा आफूले पाउनै नसक्ने कुराहरूमा आफूलाई अल्झाउँदिनँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हे परमप्रभु, मेरो हृदय अहङ्कारी छैन, मेरा आँखा घमण्डी छैनन्। आफूले नभ्याउने कुराहरू अनि उदेकका थोकहरूमा म आफैलाई अल्झाउँदिनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हे परमप्रभु, मैले आफ्नो घमण्ड छोडेको छु र अहङ्कारदेखि मुख फर्काएको छु। ठूल्ठूला कुराहरू वा मलाई बुझ्न अति गाह्रो पर्ने विषयहरूसँग मेरो केही वास्ता छैन। Viz kapitolaपवित्र बाइबल1 हे परमप्रभु, म अहङ्काकारी छैन। म आफूलाई महत्व दिने काम गर्दिनँ। म महानकार्य गर्ने कोशिश गर्दिनँ म ती कठिन-कार्यहरूको जुन कार्यहरू गर्नु मेरो निम्ति असम्भव छ। Viz kapitola |