फिलिप्पी 3:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 हो, मेरा प्रभु ख्रीष्ट येशूको असीम मूल्यको ज्ञानको तुलनामा म अरू सबै कुराहरूलाई नै व्यर्थको ठान्दछु। उहाँको निम्ति मैले अरू सबै कुराहरू त्यागेको छु; त्यसलाई कसिङ्गरतुल्य ठानेको छु, ताकि म ख्रीष्टलाई प्राप्त गर्न सकूँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 साँच्चै भन्ने हो भने ख्रीष्ट येशू मेरा प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्दछु। ख्रीष्टलाई प्राप्त गर्न सकूँ भनेर उहाँको निम्ति मैले सबै कुराको नोक्सानी भोगेको छु, अनि ती सबैलाई फोहोर-मैला तुल्य म गन्दछु, Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 यति मात्र होइन, येशू ख्रीष्ट मेरा प्रभु हुन् भन्ने अति बहुमूल्य ज्ञान पाएर अरू सब कुरा व्यर्थको ठान्छु। उहाँकै निम्ति मैले सबै कुरा त्यागिदिएको छु र उहाँलाई पाऊँ भनेर मैले यी सबै कुरा कसिङ्गर सम्झेको छु Viz kapitolaपवित्र बाइबल8 त्यति मात्र होइन, म सम्झन्छु, मेरा प्रभु येशू ख्रीष्टको महानतालाई बुझ्नेको तुलनामा प्रत्येक कुरो नगन्य रहेछ। ख्रीष्ट भेट्टाउँ भनी मैले नै प्रत्येक कुरो छोडिदिएँ अनि अहिले ती सबे वेकार ठान्छु। Viz kapitola |