फिलेमोन 1:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 दासको रूपमा होइन, तर दासभन्दा पनि अझ बढ्ता, एक प्रिय भाइजस्तै। ऊ मेरा निम्ति अति प्रिय छ, तर तिम्रो निम्ति ऊ एक मानिसको रूपमा र प्रभुमा एक भाइभन्दा पनि अझ प्रिय छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 अब उसो कमाराजस्तो होइन, तर कमाराभन्दा बढ़ी, प्रिय भाइजस्तै, विशेष गरी मेरो निम्ति, तर झन् बढ़ी शरीरमा र प्रभुमा समेत, तिम्रो निम्ति। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 अब उनी कमारा होइनन् तर कमाराभन्दा बढी प्यारा विश्वासी भाइ हुन्। उनी मेरा लागि कति प्यारा छन्। शारीरिकरूपमा र प्रभुमा उनी झन् कति धेरै तिम्रो लागि प्यारा होलान्। Viz kapitolaपवित्र बाइबल16 अझ एक दासको रूपमा होइन, तर दासभन्दा अधिक अनि एक प्रिय भाइको रूपमा ग्रहण गर। म उसलाई खुबै माया गर्छु। तर तिमीले उसलाई अझ बेसी माया गर्नेछौ। तिमीले उसलाई एउटा मानिसको रूपमा अनि प्रभुमा भाइको रूपमा पनि माया गर्नेछौ। Viz kapitola |