गन्ती 8:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 इस्राएलीहरूको तर्फबाट ती लेवीहरूलाई सम्पूर्ण रूपले मलाई दिइनुपर्छ। तिनीहरूलाई जेठाहरूका सट्टामा, अर्थात् प्रत्येक इस्राएली स्त्रीहरूको पहिलो छोराहरूका सट्टामा मैले तिनीहरूलाई लिएको छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 इस्राएलीहरूमध्येबाट तिनीहरू बिलकुलै मलाई अर्पण गरिएका हुन्। गर्भको प्रथम फल, अर्थात् इस्राएलीहरूका जेठा-जेठाको सट्टामा मैले तिनीहरूलाई नै लिएको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 मैले इस्राएलीहरूका सबै जेठा छोराहरूका सट्टामा तिनीहरूलाई मागेको छु र ती मेरा मात्र जन हुन्। Viz kapitolaपवित्र बाइबल16 बिगतमा मैले इस्राएली मानिसहरूलाई तिनीहरूबाट जन्मेका पहिलो पुत्रहरू मलाई दिउन् भनी माँगेको थिएँ। तर अहिले इस्राएली मानिसहरूबाट पहिले जन्मेको छोराहरूको सट्टामा म लेवी मानिसहरूलाई लिइरहेकोछु। इस्राएली मानिसहरूले मलाई लेवी मानिसहरू दिनेछन्। मैले तिनीहरूलाई मेरो लागि लिएको छु। Viz kapitola |