गन्ती 6:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनीहरूले आफूलाई दाखमद्य र अरू मद्यबाट अलग राख्नुपर्छ। अनि दाखमद्य वा कुनै मद्यबाट बनिएको सिर्का पिउनुहुँदैन। तिनीहरूले दाखमद्य पिउनुहुँदैन, अर्थात् अङ्गुर र किसमिस पनि खानुहुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 त्यो दाखमद्य र अरू मद्यबाट अलग बसोस्। त्यसले दाखमद्य वा अरू मद्यको सिर्का नपिओस्, अनि दाखको रस वा ताजा वा सुकाएको दाखहरू नखाओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 त्यो दाखमद्य र अन्य मद्य पिउनदेखि जोगिओस्। त्यसले दाखबाट वा कुनै मद्यबाट बनेको सिर्का नपिओस्। त्यसले अङ्गुरको रस नपिओस् र ताजा वा सुकाएका दाखहरू नखाओस्। Viz kapitolaपवित्र बाइबल3 त्यस व्यक्तिले आफूलाई दाखरस अथवा कुनै मद्यबाट अलग राख्नु पर्छ अथार्त त्यो व्यक्तिले कुनै प्रकारको मद्य अथवा नशालु चीज खानु अथवा पिउनु हुँदैन। अनि त्यस व्यक्तिले कुनै दाखको रस अथवा दाखको रस हालेको केही पनि खानु हुँदैन। त्यस व्यक्तिले ताजा होस् अथवा सुकेको, दाख खानु हुँदैन। Viz kapitola |