गन्ती 4:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 “पुजारी हारूनको छोरा एलाजारको जिम्मामा बत्तीको निम्ति तेल, सुगन्धित धूप, नियमित अन्नबलि र अभिषेकको तेल रहनेछ। सम्पूर्ण समागम पाल र त्यसमा भएका हरेक कुराहरूसहित, यसका पवित्र सरसामानहरू र चीजहरू उसको जिम्मामा रहनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 “हारून पूजाहारीको छोरो एलाजारको जिम्मामा सुम्पिएका कुराहरू यी नै हुन्: बत्तीको लागि तेल, सुगन्धित धूप, नियमितको अन्नबलि, अभिषेक गर्ने तेल— सिङ्गै पवित्र वासस्थान र त्यसमा भएका सबै सरसामानहरू।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 पूजाहारी हारूनका छोरा एलाजार सम्पूर्ण पवित्र पाल, पानसका लागि तेल, धूप, अन्नबलि, अभिषेक गर्ने तेल र पवित्र पालका परमप्रभुलाई चढाइएका अरू सबै थोकहरूका निम्ति जिम्मेवार रहनेछन्। Viz kapitolaपवित्र बाइबल16 “पूजाहारी हारूनको छोरो एलाजार वत्तीको तेल, सुगन्धित धूप दैनिक अन्नबलि अनि अभिषेक तेलको निम्ति जिम्मावार रहनेछन्। तिनी भेट हुने पाल र त्यसभित्र भएको प्रत्येक कुराको जिम्मावार रहनेछ।” Viz kapitola |