गन्ती 3:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 सीनैको उजाडस्थानमा याहवेहले निषेध गर्नुभएको आगोमा उहाँको अगि भेटी चढाउँदा याहवेहको सामु नादाब र अबीहूको मृत्यु भयो। तिनीहरूका छोराहरू थिएनन्; त्यसकारण एलाजार र ईतामारले आफ्ना बुबा हारूनको जीवनकालभरि पुजारीको रूपमा सेवा गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तर नादाब र अबीहू सीनैको उजाड़-स्थानमा परमप्रभुको सामुन्ने अपवित्र आगोले बलि चढ़ाउँदा उहाँकै सामुन्ने मरे, अनि तिनीहरूका सन्तान थिएन। त्यसैले एलाजार र ईतामार मात्र आफ्ना बुबा हारूनको जीवनकालमा पूजाहारीको सेवा गर्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तर सीनैको उजाड-स्थानमा परमप्रभुलाई अपवित्र आगो चढाएको कारणले नादाब र अबीहू मारिएका थिए। तिनीहरूका सन्तान थिएनन्। यसकारण हारूनको जीवनकालमा एलाजार र ईतामारले पूजाहारी काम गर्थे। Viz kapitolaपवित्र बाइबल4 नादाब र अबीहू परमप्रभुको सेवामा रहेको समय मै अपवित्र आगोद्वारा बलिचढाएको पापले सीनै मरुभूमिमा मरे। तिनीहरूको कुनै छोरो थिएन, यसकारण एलाजार र ईतामारले पूजाहारीका स्थान लिएर परमप्रभुको सेवामा लागे। तिनीहरूका बाबु हारूनको जीवन कालमा नै यस्तो घटना घट्यो। Viz kapitola |