गन्ती 27:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 किनकि जीनको उजाडस्थानमा पानीको लागि समुदायले विद्रोह गर्दा तिमीहरू दुवैले तिनीहरूका अगि मेरो पवित्रताको आदर गर्नमा मेरो आज्ञापालन गर्नुपर्नेथियो। तर तिमीहरूले गरेनौँ।” (यो जीनको उजाडस्थान कादेशमा भएको मेरीबाको पानीको विषयमा थियो।) Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 किनभने जब सीनको उजाड़-स्थानमा भएका पानीहरूमा समुदाय मेरो विरुद्धमा उठेको थियो, तब तिमीहरू दुवैले तिनीहरूका सामु मेरो पवित्रताको कदर नगरेर मेरो आज्ञा भङ्ग गरेका थियौ।” (यो घटना सीनको उजाड़-स्थानमा भएको मेरीबा-कादेशका पानीहरूमा भएको थियो।) Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 किनभने सीनको उजाड-भूमिमा तिमीहरू दुवैले मेरा आज्ञाको विरोध गर्यौ। जब सारा समुदायले मेरीबामा मेरो विरुद्धमा गनगन गरे, तिमीहरूले तिनीहरूका सामुन्ने मेरो पवित्र शक्ति स्वीकार गरेनौ।” (मेरीबा सीनको उजाड-भूमिमा कादेशको एउटा सानो खोला हो।) Viz kapitolaपवित्र बाइबल14 किनभने, सीनैको मरुभूमिमा मानिसहरूले पानीको निम्ति मसँग माग्दा तिमीले मेरो आज्ञा उलंघन गरेका थियौ। तिनीहरूको सामुन्ने तिमीले मलाई सम्मान राखेनौ।” (यो घटना सीनै मरुभूमिमा कादेश नजिकको मरीबाको पानीहरूमा भएको थियो।) Viz kapitola |