गन्ती 24:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 ‘यदि बालाकले मलाई सुन र चाँदीले भरिएको आफ्नो महल नै दिनुभए तापनि याहवेहको आज्ञादेखि बाहिर असल वा खराब म आफ्नो तर्फबाट केही गर्न सक्दिनँ। अनि मैले याहवेहले भन्नुभएको कुरा मात्र भन्नुपर्छ भनेर भनेको थिइनँ र?’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 ‘बालाकले मलाई सुन र चाँदीले भरिएको आफ्नो महल दिए पनि परमप्रभुको वचन नाघेर मेरो आफ्नो खुशीले असल वा खराब गर्न सक्दिनँ। परमप्रभुले मलाई जे भन्नुहुन्छ, त्यही म बोल्नेछु’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 कि तपाईंका राजमहलका सारा सुन र चाँदी मलाई दिनुभए तापनि म परमप्रभुको आज्ञा नमानी आफैं केही गर्न सक्दिनँ। म त्यति मात्र भन्दछु, जति परमप्रभुले मलाई भन्न लगाउनुहुन्छ।” Viz kapitolaपवित्र बाइबल13 ‘यदि बालाकले सुन र चाँदीले परिपूर्ण महल दिए पनि म परमप्रभुको आज्ञा विरूद्ध केही गर्दिनँ? म त्यही गर्छु जो परमप्रभुले भन्नुहुन्छ।’ Viz kapitola |