गन्ती 23:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 याकोबको विरुद्धमा कुनै तन्त्रमन्त्र छैन। इस्राएलको विरुद्धमा कुनै टुनामुनाले काम गर्दैन। अब याकोबको विषयमा र इस्राएलको विषयमा यसो भनिनेछ, ‘परमेश्वरले के गर्नुभएको छ, त्यो हेर!’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 निश्चय नै याकूबलाई लाग्ने कुनै टुनामुना छँदैछैन, इस्राएलको विरुद्धमा कुनै जोखना छैन। ‘परमेश्वरले कस्तो विचित्रको कार्य गर्नुभएको छ’ भनी याकूब र इस्राएलको विषयमा अब भनिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 इस्राएल जातिको विरुद्धमा कुनै टुनामुना वा मोहनी चलाउन सकिंदैन र मानिसहरूले इस्राएलको बारेमा यसो भन्नेछन्, ‘हेर, परमेश्वरले गर्नुभएको आश्चर्यकर्म!’ Viz kapitolaपवित्र बाइबल23 याकूबका मानिसहरूलाई परास्त गर्ने अर्को कुनै शक्ति छैन। कुनै यस्तो उपाए छैन कि इस्राएलका मानिसहरूलाई रोक्न सकोस्। याकूब र इस्राएली मानिसहरूको विषयमा, मानिसहरू भन्दछन्, ‘परमेश्वरको महान सृष्टिलाई हेर!’ Viz kapitola |