गन्ती 22:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 जब त्यस गधाले याहवेहको दूतलाई तरवार हातमा लिएर बाटोमा उभिरहनुभएको देख्यो; तब त्यो बाटो छोडेर खेततिर लाग्यो। तर गधालाई बाटोमा ल्याउनलाई बालामले त्यसलाई पिटे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 परमप्रभुका दूतलाई थुतेको तरवार हातमा लिएर बाटोमा उभिरहेका त्यस गधाले देख्यो, र गधा बाटोदेखि तर्केर खेततिर लाग्यो। गधालाई बाटोतिर फर्काउन बालामले पिटे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 जब गधाले हातमा तरवार लिएर उभिएको स्वर्गदूतलाई बीच बाटोमा देख्यो, त्यो बाटो छोडेर खेतबारीतिर लाग्यो। बालामले गधालाई चुटेर बाटोमा ल्याए। Viz kapitolaपवित्र बाइबल23 जब गधाले परमप्रभुको स्वर्गदूतलाई हातमा तरवार लिएर बाटोमा उभिरहेको देख्यो त्यसले बाटो छाडेर खेततिर गयो। यसर्थ बिलामले त्यस गधालाई बाटोमा फर्काई ल्याउन हिर्कायो। Viz kapitola |