गन्ती 18:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेहले हारूनलाई भन्नुभयो, “तँ, तेरा छोराहरू र तेरा परिवारले पवित्रस्थान सम्बन्धित गरिएका अपराधहरूको जिम्मेवारी उठाउनुपर्छ। अनि पुजारीगिरी सम्बन्धित गरिएका अपराधहरूको जिम्मेवारी तँ र तेरा छोराहरूले मात्र उठाउनुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तब परमप्रभुले हारूनलाई भन्नुभयो, “तँ, तेरा छोराहरू र तेरा बुबाका परिवारले पवित्रस्थानको विरुद्धमा गरिएका अपराधहरूको दायित्व बोक्नेछौ, र तँ र तेरा छोराहरू मात्र पूजाहारीपदसम्बन्धी अपराधहरूको उत्तरदायी हुनेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभुले हारूनलाई भन्नुभयो, “म बास गर्ने पवित्र पालको सेवाकार्यमा भएका दोषको फल तैँले, तेरा छोराहरूले र लेवीहरूले भोग्नुपर्नेछ। तर पूजाहारी कर्मको फलचाहिँ तँ र तेरा छोराहरूले मात्र भोग्नेछन्। Viz kapitolaपवित्र बाइबल1 परमप्रभुले हारूनलाई भन्नुभयो, “अब उसो तिमी, तिम्रा छोराहरू अनि तिम्रा परिवारिक समूहका मानिसहरू पवित्र स्थानमा केही खराबी गरिए जिम्मावारी हुनेछौ। तिमी र तिम्रा छोराहरू पूजाहारीहरू विरूद्ध गरिएको खराबीको निम्ति जिम्मावारी हुनेछौ। Viz kapitola |