गन्ती 16:46 - पवित्र बाइबल नेपाली समकालीन संस्करण46 त्यसपछि मोशाले हारूनलाई भने, “आफ्नो धुपौरो लिएर त्यसमा धूप बाल्नुहोस्। साथै वेदीबाट बलिरहेको कोइला लिएर समुदायका निम्ति प्रायश्चित गर्नलाई झट्टै तिनीहरूकहाँ जानुहोस्। याहवेहको क्रोध खनिएको छ; विपत्ति सुरु भइसकेको छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण46 अनि मोशाले हारूनलाई भने, “तपाईंको धुपौरो लिनुहोस्, र त्यसमा वेदीबाट आगो राखेर धूप हाल्नुहोस्, र तुरुन्तै त्यस समुदायकहाँ लगेर तिनीहरूका निम्ति प्रायश्चित गर्नुहोस्, किनकि परमप्रभुको क्रोध दन्किसकेको छ— विपत्ति सुरु भएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल46 र मोशाले हारूनलाई भने, “तिम्रो आगोको धुपौरोमा बल्दो आगो वेदीबाट लिएर त्यसमाथि केही धूप हाल। तब त्यसलाई लिएर मानिसहरूकहाँ छिटो-छिटो जाऊ र तिनीहरूका निम्ति शुद्धीकरणको विधि पूरा गर। चाँडो गर! परमप्रभुको रिस खनिएको छ र विपत्ति सुरु भइसकेको छ।” Viz kapitolaपवित्र बाइबल46 त्यसपछि मोशाले हारूनलाई भने, “धूपौरो ल्याऊ र त्यसकहाँ वेदीबाट आगो हालेर धूप हाल। अनि त्यो समुदाय भएकोमा झट्टै गएर तिनीहरूलाई प्रयाश्चित गराऊ। किनभने परमप्रभु क्रोधित हुनु भएको छ र महामारी शुरू भएको छ।” Viz kapitola |