गन्ती 16:42 - पवित्र बाइबल नेपाली समकालीन संस्करण42 तर जब समुदाय मोशा र हारूनको विरुद्धमा भेला भए; अनि भेट हुने पालतिर फर्के, तब अचानक त्यसलाई बादलले ढाक्यो। अनि याहवेहको महिमा देखा पर्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 तर जब समुदायले मोशा र हारूनका विरुद्धमा भेला भई भेट हुने पालतिर हेरे, तब अचानक बादलले त्यसलाई ढाक्यो, र परमप्रभुको महिमा देखा पर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 मोशा र हारूनको विरोध गर्न तिनीहरू सबै भेला भएपछि तिनीहरू पवित्र पालतर्फ फर्के। तिनीहरूले त्यसलाई बादलले छोपेको र त्यहाँ परमप्रभुको उपस्थितिको तिरीमिरी पार्ने ज्योति चम्केको देखे। Viz kapitolaपवित्र बाइबल42 सम्पूर्ण समुदाय मोशा र हारूनको विरोध गर्न भेला हुँदै गर्दा तिनीहरूले भेट हुने पाल तर्फ हेरे अनि देखे कि पाललाई बादलले ढाक्यो र त्यहाँ परमप्रभुको महिमा देखापर्यो। Viz kapitola |