गन्ती 16:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 अनि अझ तपाईंले हामीलाई दूध र मह बग्ने देशमा ल्याउनुभएको छैन, न त हामीलाई पैतृक सम्पत्तिको रूपमा खेतबारीहरू र दाखबारीहरू नै दिनुभएको छ। के तपाईंले यी मानिसहरूलाई दास बनाउन चाहनुहुन्छ? अहँ, हामी आउनेछैनौँ!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तपाईंले हामीलाई न त दूध र मह बग्ने देशमै ल्याउनुभयो, न हामीलाई खेत र दाखबारीहरूको अधिकार दिनुभयो। के तपाईं यी मानिसहरूका आँखा निकाल्न चाहनुहुन्छ? हामी पटक्कै आउँदैनौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 खै त तिमीले अझै पनि हामीलाई कुनै मलिलो भूमिमा ल्याएका छैनौ, हामीलाई खेत र दाखबारीहरू दिएका छैनौ र अब हामीलाई धोका दिन खोज्दै छौ। हामी आउदैनौं!” Viz kapitolaपवित्र बाइबल14 हामीले तिमीलाई किन पछ्याउनु? तिमीले हामीलाई मह र दूध बगिरहेको भूमिमा लगेनौ साथै परमेश्वरले प्रतिज्ञा गरेको भूमिमा पनि पुराएनौ। तिमीले हामीलाई दाखको खेत पनि दिएनौ। के यी मानिसहरूलाई तिमी धोका दिन्छौ? होइन! हामी आँउदैनौं।” Viz kapitola |