गन्ती 14:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 अनि तिनीहरूले यो देशका बासिन्दाहरूलाई यो कुरा बताउनेछन्। तपाईं याहवेह यिनीहरूका बीचमा हुनुहुन्छ। तपाईं यिनीहरूसँग आमने-सामने नै देखा पर्नुभएको छ। अनि तपाईंको बादल यिनीहरूमाथि रहन्छ। अनि दिनमा बादलको खाँबो र रातमा आगोको खाँबोमा भएर तपाईं यिनीहरूका अगि-अगि जानुहुन्छ भनेर तिनीहरूले सुनिसकेका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यस देशका बासिन्दाहरूलाई मिश्रीहरूले यो कुरा बताउनेछन्। तपाईं परमप्रभु यिनीहरूका बीचमा हुनुहुन्छ भन्ने कुरो उनीहरूले सुनिसकेका छन्, तपाईं आमनेसामने नै देखा पर्नुभएको छ, र तपाईंको बादल यिनीहरूमाथि खड़ा हुन्छ र दिनमा बादलको खामो र रातमा आगोको खामो भएर तपाईं यिनीहरूका अगिअगि जानुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तिनीहरूले सो कुरा यो देशमा बस्नेहरूलाई सुनाउनेछन्। यी मानिसहरूले सुनिसकेका छन् कि तपाईं परमप्रभु हामीसित हुनुहुन्छ। तपाईंको बादल हामीमाथि अडिँदा तपाईंले आफ्नो दर्शन दिनुहुन्छ अनि दिउँसो बादलका खम्बामा र राती आगोका खम्बामा तपाईं हाम्रा अघि-अघि हिँड्नुहुन्छ भनी तिनीहरूले जानेका छन्। Viz kapitolaपवित्र बाइबल14 अनि मिश्रका मानिसहरूले कनानीहरूलाई यस विषयमा भन्नेछन् कारण तिनीहरू जान्दछन् कि तपाईंलाई देखेका छन्। तिनीहरूले यो पनि जान्दछन् कि तपाईं परमप्रभु हुनुहुन्छ र तिनीहरूले जान्दछन् कि मानिसहरूले तपाईंलाई देखेका छन्। तिनीहरूले यो पनि जान्दछन् कि मानिसहरूको अगुवाई गर्ने दिनमा तपाईंले बादलको प्रयोग गर्नु भएको छ भने रातमा आगोको प्रयोग गर्नु भएको छ। Viz kapitola |