गन्ती 11:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 “मानिसहरूलाई भन्, ‘भोलि तिमीहरूले मासु खाने तयारीका निम्ति आफूलाई शुद्ध बनाउनू। तिमीहरूको यस्तो गुनासो याहवेहले सुन्नुभएको छ, “यदि हामीसित खानलाई मासु मात्र भइदिए त! हामीलाई इजिप्टमा अझ राम्रो थियो!” अब याहवेहले तिमीहरूलाई मासु दिनुहुनेछ, र तिमीहरूले त्यो खानेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 “तैंले मानिसहरूलाई भन्: ‘भोलिको निम्ति तिमीहरूले आफूलाई चोख्याउनू, जब तिमीहरूले मासु खानेछौ। तिमीहरूले परमप्रभुको कानमा यसो भनेर रोएका छौ, “हामीले मासु खान पाए त हुन्थ्यो! हामीलाई मिश्रदेश नै असल थियो।” अब परमप्रभुले तिमीहरूलाई मासु दिनुहुन्छ, र तिमीहरूले त्यो खानेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 अब मानिसहरूलाई यस्तो भन्, ‘भोलिको लागि तिमीहरू आफैंलाई पवित्र गर, तिमीहरूले मासु खान पाउनेछौ। तिमीहरूले मासु खाने इच्छा गरेर हामीलाई बरु मिश्रमा राम्रो थियो भनेर कराएका परमप्रभुले सुन्नुभएको छ। अब परमप्रभुले तिमीहरूलाई मासु दिनुहुनेछ र त्यो तिमीहरूले खानुपर्नेछ। Viz kapitolaपवित्र बाइबल18 “अनि मानिसहरूलाई भन तिमीहरूले आफैंलाई पवित्र बनाएर राख भोलि तिमीहरूले मासु खानेछौ। ‘हामी मासु खान चाहन्छौ! हाम्रो लागि मिश्रमा नै राम्रो थियो।’ भनी तिमीहरू रोएको परमप्रभुले सुन्नु भएको थियो। यसर्थ अब परमप्रभुले तिमीहरूलाई मासु दिनुहुनेछ र खान सक्ने छौ। Viz kapitola |