गन्ती 11:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 “के मैले यी सबै मानिसहरूलाई गर्भधारण गरेको हुँ र? के मैले तिनीहरूलाई जन्माएको हुँ र? तपाईंले किन मलाई तिनीहरूका पुर्खाहरूसँग शपथ खानुभएको देशमा पुर्याउनलाई एउटी धाईआमाले बालकलाई बोकेझैँ, यिनीहरूलाई मेरो अँगालोमा बोक् भन्नुहुन्छ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 के यी मानिसहरूलाई मैले कोखमा राखेर जन्माएको हुँ? के तिनीहरूका पुर्खाहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशमा दूधे-बालकलाई धाईले बोकेझैँ यिनीहरूलाई बोकेर लैजान मलाई लगाउनुहुन्छ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 न मैले तिनीहरूलाई बनाएँ न मैले जन्माएँ। किन तपाईंले मलाई धाई-आमाले जस्तै काम गर्न लगाउनुहुन्छ र तिनीहरूलाई हातले बालकलाई झैँ बोकेर तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिने प्रतिज्ञा गर्नुभएको देशमा पुर्याउन लगाउनुहुन्छ? Viz kapitolaपवित्र बाइबल12 के मैले गर्भधारण गरेर यी मानिसहरूलाई जन्माएको हुँ र? तपाईंले यिनीहरूका पुर्खाहरूसित प्रतिज्ञा गरेर दिन्छु भनेको भूमिमा एउटी रोगी-सेविकाले नानी बोकेर हिंडे झैं यी मानिसहरूलाई छात्तीमा राखेर लैजानु भन्नुहुन्छ। Viz kapitola |