गन्ती 11:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 फेरि याहवेहको कानमा पुग्ने गरी ती इस्राएली मानिसहरूले आफ्ना कष्टको विषयमा गनगनाउन थाले। जब उहाँले त्यो सुन्नुभयो, तब उहाँको क्रोध दन्क्यो। अनि तिनीहरूका बीचमा याहवेहबाट आगो दन्क्यो र छाउनीका केही बाहिरी भागहरूलाई भस्म पारिदियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यतिखेर परमप्रभुको कानमा पुग्ने गरी ती मानिसहरू आफ्ना कष्टहरूका विषयमा गनगनाउन लागे। जब परमप्रभुले यो सुन्नुभयो, तब उहाँको क्रोध दन्क्यो, र परमप्रभुको अग्नि सल्केर छाउनीको पल्लो भाग भस्म पारिदियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 मानिसहरूले आफ्ना कष्टबारे परमप्रभुसित गनगन गर्न लागे। तिनीहरूका कुरा सुनेर परमप्रभु रिसाउनुभयो र आगो लगाइदिनुभयो। आगो तिनीहरूका बीचमा सल्केर छाउनीको एक भाग भस्म पारिदियो। Viz kapitolaपवित्र बाइबल1 जब मानिसहरूले परमप्रभु अघि एकदमै गनगनाउन थाले, परमप्रभु त्यो सुनेर उहाँ क्रोधित हुनु भयो र तिनीहरूको विरूद्धमा आगो पठाउनु भयो। अनि त्यस आगोले छाउनीको केही किनाराहरू पनि जलायो। Viz kapitola |