गन्ती 10:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 यसरी तिनीहरू याहवेहको पर्वतबाट हिँडे। अनि तीन दिनसम्म यात्रा गरे। तिनीहरूले कहाँ रोकिनुपर्ने हो, र आराम गर्ने ठाउँ कहाँ हो, सो भेट्टाउनका निम्ति त्यस तीन दिनसम्म याहवेहको करारको सन्दुक बोक्नेहरू तिनीहरूका अगि-अगि गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 अनि परमप्रभुको डाँड़ाबाट तिनीहरूले तीन दिनसम्म यात्रा गरे। अनि परमप्रभुका करारको सन्दूक बोक्नेहरू तिनीहरूका निम्ति वास बस्ने ठाउँ खोज्न ती तीन दिनसम्म अगिअगि गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 इस्राएलीहरूले पवित्र पर्वत सीनैबाट बिदा भएपछि तीन दिनसम्म यात्रा गरे। परमप्रभुको करारको सन्दुक तिनीहरू बास बस्ने ठाउँ खोज्ने विचारले सधैँ तिनीहरूको अघि-अघि लगिन्थ्यो। Viz kapitolaपवित्र बाइबल33 होबाब राजी भए अनि परमप्रभुको पर्वतबाट तिनीहरूले यात्रा शुरू गरे। पूजाहारीले परमप्रभुको करारको सन्दूक लिएर मानिसहरूको अगाडी हिँडे। तिनीहरूले पवित्र सन्दूक बोकेर नयाँ शिविर बनाउने ठाँउ खोज्दै तीन दिन सम्म हिँडे। Viz kapitola |