नहेम्याह 1:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 तब मेरा दाजुभाइहरूमध्येका एक जना हनानी केही मानिसहरूसित यहूदाबाट आए। तब मैले तिनीहरूलाई कैदबाट बाँकी रहेका यहूदीहरूको बारेमा र यरूशलेमको बारेमा पनि सोधेँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तब मेरा दाजुहरूमध्येका एक जना हनानी अरू कोही मानिससँग यहूदाबाट आइपुगे। मैले यरूशलेमको र कैदबाट अरू बाँचेका यहूदीहरूको विषयमा तिनीहरूसित सोधपूछ गरें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 त्यसै बेला हनानी नाम भएको मेरो एउटा भाइ एक दल मानिसहरूसँग यहूदाबाट आइपुग्यो। मैले उनीहरूलाई यरूशलेमको बारेमा र बेबिलोनियाको कैदबाट फर्किगएका आफ्ना यहूदा भाइ-बन्धुहरूका बारेमा सोधपुछ गरें। Viz kapitolaपवित्र बाइबल2 अनि मेरा एकजना भाइ हनानी केही अन्य मानिसहरू सहित यहूदाबाट म कहाँ आए। मैले तिनीहरूलाई बाँकिरहेका यहूदी कुलहरूका बारेमा सोधें जो काराबासबाट उम्केका थिए। अनि यरूशलेमको बारेमा मैले सोधें। Viz kapitola |