नहूमको पुस्तक 3:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 कुनै पनि कुराले तँलाई निको पार्न सक्दैन; तेरो चोट प्राणघातक छ। जसले तेरो बारेमा सुन्छन्, तेरो पतनमा आफ्नो हातले ताली बजाउँछन्; किनकि तेरो कहिल्यै अन्त्य नहुने क्रूरता कसले भोगेको छैन र? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तेरो घाउलाई केही कुरोले निको पार्न सक्दैन। तेरो घाउ घातक छ। जति जनाले तेरो विषयमा सुन्छ त्यसले तेरो पतनमा ताली बजाउँछ, किनकि तेरो अन्त्यै नहुने निष्ठुरता कसले भोगेको छैन र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तेरो चोटको केही ओखती छैन र तेरो घाउ निको हुन सक्दैन। तेरो विनाशको खबर सुन्ने सबैले खुसीले ताली बजाउँछन्। तेरो अटुट निष्ठुरताबाट कोही बाँचेको थियो र? Viz kapitolaपवित्र बाइबल19 निनवे, तिमी नराम्रो प्रकारले घायल भएका छौ, अनि त्यस्तो कुनै चीज छैन जसले तिम्रो घाउहरू निको पार्छ। ज-जसले तिम्रो बिनाशको समचार सुन्छन् तिनीहरू सबैले ताली बजाउँछन्। उनीहरू सबै प्रसन्न हुन्छन्। किनभने उनीहरू सबैले यो पिडा अनुभव गरेकाछन् जुन तिनीहरूले उनीहरूलाई सधैँ दुःख दिने गर्थ्यौ। Viz kapitola |