नहूमको पुस्तक 3:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 तेरा सबै बलिया किल्लाहरू नेभाराका रूखहरूजस्तै, पाकेका पहिलो फलले भरिएका छन्; जब ती बोटहरूलाई हल्लाइन्छ, तब ती नेभाराहरू खानेहरूका मुखैमा झर्दछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तेरा सबै किल्लाहरू पहिला फसल पाकेका अञ्जीरका रूखहरूजस्तै छन्। ती हल्लाउँदा अञ्जीरहरू खानेको मुखैमा खस्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तेरा सबै किल्लाहरू पाकेका नेभाराका बोटहरूझैँ हुनेछन्, बोट हल्लाउनु मात्र पर्छ, खानेहरूको मुखमा फल झर्नेछ। Viz kapitolaपवित्र बाइबल12 तर निनवे, तिम्रो सबै बलियो ठाउँहरू नेभाराको रुखहरू जस्तै हुनेछ। नयाँ नेभाराको फल पाक्नेछ, कुनै एउटा मानिस आएर बोट हल्लाई दिन्छ र सबै नेभारा त्यो मानिसको मुखमा खस्छ। त्यसले सबै खान्छ र सबै सकिन्छ। Viz kapitola |