नहूमको पुस्तक 1:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 उहाँले समुद्रलाई हप्काउनुहुन्छ र त्यसलाई सुकाइदिनुहुन्छ; उहाँले सबै नदीहरूलाई सुक्खा पारिदिनुहुन्छ। बाशान र कर्मेलका खर्कहरू उजाड हुन्छन्, र लेबनानका फूलहरू ओइलिन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 उहाँले हप्काउनुहुँदा समुद्र सुकिहाल्छ। उहाँले सबै नदीहरू सुकाउनुहुन्छ। बाशान र कर्मेल ओइलाउँछन्, र लेबनानका फूलहरू ओइलाएर लोप हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 उहाँले आज्ञा दिनुहुँदा समुद्र सुकिजाँदछ, उहाँले नदीहरू सुकाइदिनुहुँदछ। बाशानका मैदानहरू ओइलिजाँदछन्, कर्मेल डाँडा सुकेर पहेंलो हुँदछ र लेबनानका फूलहरू ओइलिजान्छन्। Viz kapitolaपवित्र बाइबल4 परमुप्रभु समुद्रहरूसित कर्कश शब्दमा बोल्नु हुन्छ अनि त्यो समुद्र सुक्दछ। सबै नदीहरू सुक्नेछन्। बाशनर कर्मेलको हरियाली सुख्खाले मार्नेछ। लबानेनको फूलहरू ओइलिनेछन्। Viz kapitola |