मर्कूस 9:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 जब त्यसले उसलाई पक्रन्छ, उसलाई भुइँमा पछारिहाल्छ; उसले मुखबाट फिँज काढ्छ, दाह्रा किट्छ र अरट्ठै पर्छ। मैले तपाईंका चेलाहरूलाई यस आत्मालाई धपाइदिनुहोस् भनी बिन्ती गरेँ, तर तिनीहरूले सकेनन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 जब यसले मेरो छोरालाई पक्रन्छ, त्यसलाई भूइँमा पछार्छ, र त्यसले मुखबाट फीँज काढ्छ, र त्यसले दाह्रा किट्न लाग्छ, र त्यो अरट्ठै पर्छ। मैले तपाईंका चेलाहरूलाई त्यो भूतात्मा निकालिदेऊन् भनी बिन्ती गरें, तर तिनीहरूले सकेनन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 भूतले उसलाई पक्रिने बेलामा ऊ भूइँमा पछारिन्छ, मुखभरि फीँज काढ्छ, दाह्रा किट्छ र कक्रिन्छ। मैले हजुरका चेलाहरूलाई भूत निकालिदिनुहोस् भनेर बिन्ती गरें तर उहाँहरूले सक्नुभएन।” Viz kapitolaपवित्र बाइबल18 त्यो दुष्टात्माले मेरो छोरोलाई आक्रमण गर्छ अनि भूईँमा बजार्छ। मेरो छोरोले मुखबाट फींज निकाल्छ, दाह्र किट्छ, अनि कडा हुन्छ। मैले तपाईंको चेलाहरूलाई मेरो छोराबाट त्यस दुष्टात्मालाई हटाइ दिउन् भनी बिन्ती गरें, तर तिनीहरूले सकेनन्।” Viz kapitola |