मर्कूस 5:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 तिनले धेरै चिकित्सकहरू लगाएर उपचार गरेकी थिइन्, र भएभरको सबै कुरा खर्च गरिसकेकी थिइन्; तर पनि लाभ हुनुको साटो झन्-झन् खराब अवस्थामा पुगेकी थिइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 त्यसले धेरै वैद्यहरूका हातबाट अनेक कष्ट पाएर आफूसँग भएका सारा धनसम्पत्ति खर्च गरेर पनि निको नभई बरु झन् खराब हालतमा पुगेकी थिई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 उनले कैयौं बैद्य लगाएर पनि निको हुन सकेकी थिइनन्। भएभरको धन-सम्पत्ति यसैका लागि खर्च गरिसकेकी थिइन्, तर निको हुनुको सट्टामा झन्झन् व्यथाले उनलाई चाप्दै थियो। Viz kapitolaपवित्र बाइबल26 त्यो आईमाई खुबै पीडीत थिई। धेरै वैद्यहरूले त्यसको उपचार गरे। आफ्ना भए जति सबै सम्पत्ति त्यसले खर्च गरेकी थिई, तर उसमा सुधार पटक्कै आएन। त्यसको व्यथा अझ बिग्रँदै गयो। Viz kapitola |