मर्कूस 5:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 जब तिनीहरू येशूकहाँ आए, तब तिनीहरूले दुष्ट आत्माको फौजले भरिएको त्यस मानिसलाई लुगा पहिरेको र ठिक भएर त्यहाँ बसिरहेको देखे; अनि तिनीहरू डराए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तब तिनीहरू येशूकहाँ आए, र देखे कि त्यो भूत लागेको मानिस ठीक मनको भएर लुगा लगाई बसिरहेको थियो। यो देखेर तिनीहरू डराए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तिनीहरूले पहिले धेरै भूतहरू लागेको मानिसलाई अहिले ठीक भई लुगा लगाएर येशूसँगै बसिरहेको देखे। अनि तिनीहरू ज्यादै छक्क परे। Viz kapitolaपवित्र बाइबल15 मानिसहरू येशूकहाँ आए, तिनीहरूले दुष्टात्मा लागेका मानिसलाई त्यहाँ देखे, त्यस मानिसले लुगाफाटा पहिरिएको थियो, अनि त्यसको मानसिक अवस्था ठीकै थियो। सबै मानिसहरू भयभीत थीए। Viz kapitola |