मर्कूस 15:46 - पवित्र बाइबल नेपाली समकालीन संस्करण46 योसेफले केही मलमलको कपडा किने, र उहाँको लासलाई तल ओरालेर त्यही कपडामा बेह्रे, र उहाँलाई चट्टान खोपेर बनाइएको चिहानमा राखे। तब तिनले चिहानको मुखमा एउटा ढुङ्गा गुडाउँदै ल्याएर राखिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण46 अनि योसेफले मलमलका कपड़ा किने, र लाश तल झारेर कपड़ाले बेह्रे, अनि चट्टानमा खोपेर बनाइएको एउटा चिहानमा राखे। त्यसपछि चिहानको मुखमा तिनले एउटा ढुङ्गा राखिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल46 योसेफले असल सुती कपडा किनेर ल्याए र येशूको लाशलाई क्रूसबाट ओरालेर त्यही कपडामा बेरे अनि पहरा खोपेर बनाइराखेको चिहानमा राखे। त्यसपछि एउटा ठूलो ढुङ्गा गुडाएर चिहानको मुख बन्द गरिदिए। Viz kapitolaपवित्र बाइबल46 यूसुफले केही मलमलको लुगा किनेका थिए। तिनले क्रूसबाट उहाँलाई ओह्राले अनि त्यो लुगामा उहाँलाई बेह्रे। त्यसपछि यूसुफले चट्टान खोपेर बनाएको एउटा चिहानमा उहाँलाई राखे। तब चिहानको द्वारा बन्द गर्नलाई एउटा चट्टान उनले पल्टाए। Viz kapitola |