मर्कूस 13:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 “तिमीहरू आफ्नो विषयमा होसियार रहो। तिमीहरूलाई स्थानीय सभाहरूमा सुम्पिनेछ, र सभाघरहरूमा लगेर कोर्रा लगाइनेछ। मेरो कारणले गर्दा तिमीहरूलाई साक्षीको रूपमा राज्यपालहरू र राजाहरूको सामु उभाइनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 “तिमीहरू आफ्ना विषयमा होशियार रहो। तिनीहरूले तिमीहरूलाई अदालतमा सुम्पनेछन्। तिमीहरू सभाघरहरूमा पिटिनेछौ। अनि हाकिमहरू र राजाहरूका सामुन्ने मेरो खातिर तिनीहरूलाई गवाही दिन तिमीहरू खड़ा हुनेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 “तिमीहरूचाहिँ होशियार भएर बस किनभने मानिसहरूले तिमीहरूलाई पक्रेर अड्डा-अदालतमा पुर्याउनेछन् अनि सभाघरहरूमा लगेर कोर्रा लाउनेछन्। तिमीहरू मेरै कारणले बडा-हाकिम र राजाहरूकाअगाडि समेत उभ्याइनेछौ। तिमीहरूले तिनीहरूलाई मेरो बारेमा साक्षी दिनुपर्नेछ। Viz kapitolaपवित्र बाइबल9 “तिमीहरू होशियारी बस। मानिसहरूले तिमीहरूलाई पक्रनेछन् अनि न्यायको लागि लैजानेछन्। तिनीहरूले सभाघरहरूमा तिमीहरूलाई पिट्नेछन्। तिमीहरूलाई हाकिमहरू र राजाको सामु जबरजस्ती उभ्याइनेछ। तिमीहरूले मेरो बारेमा साक्षी दिनु पर्नेछ। तीमीहरूलाई हाकिमहरू र राजाको सामु जबरजस्ती उभ्याइन्छ। तिमीहरूले मेरो बारेमा साक्षी दिनु पर्नेछ। तिमीहरूले मलाई पछ्याएको कारणले गर्दा यी सबै हुनेछ Viz kapitola |