मर्कूस 1:45 - पवित्र बाइबल नेपाली समकालीन संस्करण45 तर त्यो बाहिर गयो, र खुल्लमखुल्ला त्यो खबर फैलाउन थाल्यो। त्यसकारण उहाँ सहरमा पस्न सक्नुभएन, र बाहिर एकान्त ठाउँहरूमा रहनुभयो। तैपनि हरेक ठाउँबाट मानिसहरू उहाँकहाँ आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण45 तर त्यो निस्केर गयो, अनि यस विषयमा खुल्लमखुल्ला प्रचार गर्न लाग्यो, र येशू फेरि सहरमा खुलस्त प्रवेश गर्न सक्नुभएन, र एकान्त ठाउँहरूमा रहनुभयो। तर मानिसहरू चारैतिरबाट उहाँकहाँ आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल45 तर त्यो मानिस गएर आफू शुद्ध भएको कुरा चारैतिर सुनायो। त्यसले गर्दा यतिसम्म भयो कि येशू कुनै पनि सहरमा खुल्लमखुल्ला पस्न सक्नुभएन। त्यसकारण येशू एकान्त ठाउँहरूमा बस्न जानुभयो। तर त्यहाँ पनि मानिसहरू चारैतिरबाट उहाँकहाँ आए। Viz kapitolaपवित्र बाइबल45 तर त्यो मानिस त्यहाँबाट गयो अनि यशूले आफूलाई निको पार्नु भएको बारेमा जताततै सबै मानिसहरूसँग कुरा गर्यो। अनि येशूको बारेमा खबर फैलियो। यसकारण येशूले खुल्लम खुल्ला शहरमा प्रवेश गर्न सक्नु भएन। येशू मानिसहरू नबस्ने ठाउँतिर जानुभयो। तर सबै शहरहरूबाट मानिसहरू येशूलाई भेट्न आए। Viz kapitola |